धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।
धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको हो ।
ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेको थियो । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजिटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।
हाल प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक संजालमा भाइरल छ ।
यता प्रहरीले भने डिजिटल बोर्ड ह्याक भएको विषयमा थप बुझिरहेको बताएको छ ।
सामाजिक संजालमा भाइरल उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्