सरकारी वकिलको एकस्वर : कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ

रास्वपाका सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अहिले थुनछेक बहस जारी छ । न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी रहेको हो । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । ११ जना सरकारी वकिलमध्ये हालसम्म ६ जनाले बहस सकेका छन् । अहिलेसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवालले बहस गरेका छन् ।

सरकारी वकिलले बहसको क्रममा सहकारी पीडितलाई न्याय दिनका लागि लामिछानेलाई थुनामै पठाउनुपर्ने माग गरेका छन् । ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ, । कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ’ उनीहरुल्े भनेका छन् ।

khadya

अब बाँकी ५ जना सरकारी वकिलले बहस गरेपछि रविको पक्षमा बहस हुनेछ । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।

त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्।

रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमापनि रविको पक्षमा नै उनीहरुले बहस गरेका थिए । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार