बैंकहरुले ५ महिनामै कमाए ३४ अर्ब नाफा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ३४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ नाफा गरेका हुन् ।

करिब ३४ अर्बमध्ये क वर्गका बैंकहरु अर्थात् २० वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ छ । यसैगरी, विकास बैंकहरुको खुद नाफा ३ अर्ब ८३ करोड र वित्त कम्पनीको ५४ करोड रुपैयाँ मात्र छ ।

khadya

हाल २० वाणिज्य बैंकसहित १७ विकास बैंक र १७ वित्त कम्पनी सञ्चालनमा छन् ।

उनीहरुले कात्तिक मसान्तसम्म २४ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेकामा एक महिनामा ९ अर्ब रुपैयाँ नाफा थप गरेका हुन् । अपरिस्कृत वित्तीय विवरण अनुसार सञ्चालमा रहेका कुल ५४ बैंक तथा वित्तीय संस्थाले गत आवभर ७० अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका थिए ।

वाणिज्य बैंकहरुले गत आवभर ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

नबिल अगाडि, एनआईसी एशिया कमजोर
५ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल देखिएको छ । नबिलले यस अवधिमा साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।

बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई दोस्रो, नेपाल इन्भेस्टमेन्ट मेगा तेस्रो र कुमारी बैंक चौथो स्थानमा छन् ।

यसैगरी विकास बैंकतर्फ सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ भने गरिमा दोस्रो र शाइन रेसुंगा तेस्रो स्थानमा छन् । उनीहरुले क्रमशः ५९ करोड, ५२ करोड र ४८ करोड रुपैयाँ नाफा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार