डोटीमा जोशी सहित २४ क्याम्पसमा प्रमुख नियुक्त,कुन क्याम्पसमा को भए क्याम्पस प्रमुख ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २४ ओटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । डोटीको डोटीबहुमुखी क्याम्पससहित २४ ओटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरिएको हो । 

त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो । क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरिएको थियो । छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको प्रवक्ता बोहराले बताए ।

khadya

कुन क्याम्पसमा को भए क्याम्पस प्रमुख ?

शंकरदेव क्याम्पस– सहप्रा  कपिल खनाल

रत्नराज्य लक्ष्मी क्याम्पस–सहप्रा पदमकुमार अधिकारी

नेपाल कमर्श क्याम्पस– सहप्रा जितेन्द्रप्रसाद उपाध्याय

भैरहवा क्याम्पस– लक्कीप्रसाद जोशी

ललितकला क्याम्प– उपप्रा यामप्रसाद शर्मा

सानोठिमी क्याम्पस–उपप्रा माधवप्रसाद श्रेष्ठ

महेन्द्र बहुमुखी क्याम्पस–सहप्रा लालमणि आचार्य

सुर्खेत बहुमुखी क्याम्पस– सहप्रा माधवप्रसाद खनाल

विश्वभाषा क्याम्पस– उपप्रा महेन्द्रकुमार बुढाथोकी

पाटन संयुक्त क्याम्पस– सहप्रा रघुवीर विष्ट

बुटबल बहुमुखी क्याम्पस– उपप्रा अरुणकुमार क्षेत्री

रामस्वरुप रामसागर क्याम्पस–प्राध्यापक बसन्तकुमार कर्ण

भोजपुर बहुमुखी– सहप्रा पर्वतकुमार राई

पृथ्वीनारायण क्याम्पस– प्राध्यापक हरिप्रसाद पाठक

सूर्यनारायण सत्यनारायण क्याम्पस– सहप्रा राजेश्वरप्रसाद यादव

डोटी बहुमुखी क्याम्पस–सह दिलानन्द जोशी

त्रिभुवन बहुमुखी क्याम्पस–उपप्रा टंकप्रसाद पन्थ

जुम्ला बहुमुखी क्याम्पस–उपप्रा प्रकाशचन्द्र खत्री

वनविज्ञान अध्ययन संस्थान पोखरा– सहप्रा नारायणप्रसाद गौतम

कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ– उपप्राध्यापक रामकुमार श्रेष्ठ

पक्लिहवा क्याम्पस– सहप्राध्यापक जन्मजय गैरे

मेची बहुमुखी क्याम्पस– सहप्राध्यापक देवीप्रसाद आचार्य

केन्द्रीय प्रविधि क्याम्पस धरान– प्राध्यापक बसन्तकुमार राई धौलागिरि बहुमुखी क्याम्पस– सहप्रा सुदर्शन सिलवाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार