गल्फ जायन्ट्सका सदस्य दीपेन्द्र सिंह ऐरीको टिम पहिलो खेलमा पराजित

काठमाडौं : तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी-२० लिग (आईएल टी-२०) मा नेपाली क्रिकेटरहरूको प्रदर्शन मिश्रित रह्यो । गल्फ जायन्ट्सका सदस्य दीपेन्द्र सिंह ऐरीको टिम पहिलो खेलमा पराजित हुँदा कुशल मल्लको टिम डेजार्ट भाइपर्सले विजयी सुरुवात गर्‍यो ।

आईतबार राति भएको खेलमा गल्फ जायन्ट्सले शारजाह वारियर्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गर्‍यो । तर, शारजाहले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै तीन विकेटको जित हासिल गर्‍यो । दीपेन्द्रलाई यो खेलमा प्लेइङ-११ मा समावेश गरिएकाे थिएन । दोस्रोपटक यो लिग खेलिरहेका दीपेन्द्रले गत सिजनमा पनि डेब्यू गर्ने अवसर पाएका थिएनन् ।

khadya

कुशल मल्ल आबद्ध डेजार्ट भाइपर्सले आफ्नो पहिलो खेलमा आबुधाबी नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्‍यो । १६७ रनको लक्ष्य पछ्याएको डेजार्टले १८.४ ओभरमै तीन विकेट गुमाएर जित हासिल गर्‍यो । कुशलले पनि यो खेलमा प्लेइङ-११ मा स्थान पाएनन् । उनी पहिलोपटक यो लिगमा सहभागिता जनाउँदै छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार