काठमाडौँ : विश्व क्रिकेटकै सबैभन्दा ठुलो लिग ईन्डियन प्रिमियर लिग (आईपिएल) यो वर्ष २०२५ मार्च २१ बाट सुरु हुने तय भएको छ । जसमा इडेन गार्डेनले प्रतियोगिताको उद्घाटन खेल र फाइनल दुवै मे २५ मा आयोजना गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले निर्णय गरेको छ ।
त्यस्तै २०२५ को वुमन प्रिमियर लिग फेब्रुअरी ७ देखि मार्च २ सम्म आयोजना हुनेछ । नोभेम्बरमा मेगा लिलामी हुनुभन्दा अगाडि, आईपीएलले फ्रेन्चाइजीहरूसँग अर्को तीन सिजन (२०२५–२७) को लागि विन्डोज साझा गरेको थियो । जसमा २०२५ को लागि, विन्डो मार्च १५ देखि मे २५ सम्म छुट्याइएको थियो ।
यद्यपि, २०२५ को च्याम्पियन्स ट्रफीको फाइनल मार्च ९ मा हुने तय भएकोले, आईपीएलले प्रतियोगिताहरू बीच दुई हप्ताको अन्तराल नजिक राख्ने निर्णय गरेको छ । आईपीएलको पूर्ण तालिका यस महिनाको अन्त्यमा बाहिर आउने अपेक्षा गरिएको छ । सामान्यतया जस्तै, डिफेन्डिङ च्याम्पियनको घरेलु स्थलले उद्घाटन र फाइनल आयोजना गर्नेछ, जुन यस पटक २०२४ को आईपीएल जित्ने कोलकाता नाइट राइडर्सको घरेलु मैदान इडेन गार्डेन हुनेछ ।
२०२५ को सिजनमा ७४ खेलहरू हुनेछन् । यद्यपि, यो संख्या २०२२ मा आईपीएलले सूचीबद्ध गरेको ८४ खेलहरू भन्दा दश कम हो । त्यस्तै बोर्डले वुमन्स प्रिमियर लिगका लागि दुई नयाँ स्थानहरू थप्ने निर्णय पनि गरेको छ । मुम्बई र बैंगलोरसँगै, यस वर्ष वुमन्स प्रिमियर लिग बडोदा र लखनऊमा पनि खेलिनेछ ।
प्रतिक्रिया दनुहोस्