कैलालीमा कार्यरत केही प्रहरी कर्मचारीहरूविरुद्ध चोरीको मोटरसाइकल प्रयोग र गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप

धनगढी: कैलालीस्थित इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत केही प्रहरी कर्मचारीहरूविरुद्ध चोरीको मोटरसाइकल प्रयोग र गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। चोरीको मोटरसाइकल प्रयोग गर्नेमा कार्यालयका लेखा प्रमुखसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) शङ्कर कोटारी र प्रहरी जवान कबिन्द्र बोहरा छन्।

उनीहरूमध्ये घुमुवा समेत रहेका बोहराले कागजात नभएको चोरीका मोटरसाइकल प्रयोग गर्दछ्न् भने कोटारीले पनि चोरीकै सवारी प्रयोग गर्ने गर्दछ्न्। कोटारीले लुम्बिनी प्रदेशबाट चोरी भएको मोटरसाइकल (ब्लुबुक समेत भएको) चोरबाट समातेर आफैंले प्रयोग गर्ने गरेका हुन्। सम्बन्धित सवारी धनिलाई मोटरसाइकल नबुझाई उनले नवीकरण नगरी दुई वर्षदेखि सो चोरीको मोटरसाइकल चलाइरेको आरोप छ। उनले सो मोटरसाइकलको नम्बर प्लेटसमेत फेरेको बताइन्छ।

Seti Hospital

उता स्रोतका अनुसार घुमुवा बोहराको भने चोरीको मोटरसाइकल प्रयोग बाहेक पनि अनेक धन्दा छन्। उनले भैंसी तस्करबाट अवैध रकम संकलन गर्ने, स्थानीय व्यापारीबाट असुली गर्ने जस्ता गतिविधि गर्दै आएका छन्।

चिसापानी क्षेत्र भएर काठमाडौं लगिने भैंसीका ट्रकबाट घुमुवा बोहराले असुली गर्ने गरेका हुन्। ओभरलोड देखाएर, होल्ड गरेर उनले एक ट्रकबाट ७ सयका दरले असुली गर्दछ्न्। त्यहाँ एक दिनमा करिव २० गाडीसम्म भैंसी लिएर जाने गर्दछन्। उसो त सो कार्यालयमा घुमुवा राख्न मिल्दैन। तथापि जवान बोहरालाई गैरकानुनी रूपमा राखिएको बताइएको छ। कानुनअनुसार मुद्दा नचल्ने कार्यालयमा घुमुवा जवान राख्न नमिल्ने भए पनि पहिलेदेखि नै यो प्रथा कायम रहेको छ।

यता यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले भने ध्यानाकर्षण भएको बताउँदै आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गरिने बताएका छन्। उनले प्रहरी प्रशासनको विश्वसनीयता कायम राख्न निजहरुलाई आवश्यक कारबाही हुने जनाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार