नेप्सेमा साढे २५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।

उक्त दिन कारोबारमा आएकामध्ये ४४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९३ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।

Seti Hospital

४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार