अछाम र दार्चुलामा जङ्गली जनावरको आक्रमणमा परेर २ जना घाइते

अत्तरिया : अछाम र दार्चुलामा जङ्गली जनावरको आक्रमणमा परेको २ जना घाइते भएका छन् । अछामको साँफेबगर नगरपालिकामा बँदेल र दार्चुलाको व्यास गाउँपालिकामा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका हुन ।

साँफेबगर नगरपालिका – १२ खप्तडस्थित गोरु बाँध्ने गोठमा गोरुलाई घाँस हाल्न जाने क्रममा जङ्गली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन् । बालकको न्याय हेल्थ अस्पताल बयलपालामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

Seti Hospital

यस्तै दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहास्थित घट्टे खोलामा घाँस काट्ने क्रममा जङ्गली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीय महिला घाइते भएकी छन् ।

घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार