कैलालीको घोडाघोडीमा अफ्रिकन स्वाइन फिभरका कारण ३८ बंगुर मरे

कैलाली : अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका ३८ बंगुर मरेका छन्।

पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यका अनुसार, बंगुर मर्न थालेपछि धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। रोगको थप पुष्टि त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षणबाट गरिएको थियो।

SHIKHAR COOL TECH

हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ र एक भाले बंगुर मरेका छन्। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहेको बताइएको छ।

अफ्रिकन स्वाइन फिभर भाइरसबाट फैलिने महामारी हो, जसले बंगुर र बँदेललाई संक्रमित बनाउँछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार