मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते भएका छन । पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका– १ मा पुर्वबाट आईरहेको ट्रकलाई मोटरसाईकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएपछि सोही वडाका २० वर्षिय निराजन चौधरी घाईते भएका हुन ।

शनिबार पुर्वबाट आईरहेको ना ६ ख १८७६ नम्बरको ट्रकलाई चौधरीले चलाएको सुपप्र ०१०१२ प ३०४९ नम्बरको मोटरसाइकलले ओभरटेक गरेको थियो ।

Seti Hospital

सोही समयमा पश्चिमबाट आईरहेको सुपप्र ०१००२ त ६९५८ नम्बरको ट्याक्टरमा मोटरसाईकल ठोक्किएपछि अनियन्त्रित भएर पुनः ट्रकमै बजारिदा चौधरी घाईते भएका हुन । प्रहरीकाअनुसार चालकको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार