प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट : विन्दुको कप्तानीमा सुदूरपश्चिमको अन्तिम टोली घोषणा

धनगढी : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो।

कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेकी छन्। प्रशिक्षकको रूपमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको सचिव भट्टले बताए।

SHIKHAR COOL TECH

पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो। बैतडीको दशरथचन्द क्रिकेट मैदानमा सम्पन्न बन्द प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा सुरु हुने भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार