स्कोर्पियो र कार ठोक्किँदा ८ जना घाइते, सबैको अवस्था गम्भीर

मकवानपुर : पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुई वटा सवारी एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कोर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका हुन् ।

Seti Hospital

प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको कमान्डमा खटिएको टोलीले दुर्घटनाका घाइतेको उद्धार गरेका छन् । दुर्घटनामा दुवै सवारीका चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार घाइते सबैको अवस्था गम्भीर छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार