पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड्न जोड दिँदै संघीयता खारेजीको माग

काठमाडौं : पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याएका छन्। पृथ्वी जयन्तीको अवसरमा शनिबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताहरूले पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिएका हुन्। 

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल जिल्ला कार्यसमिति भक्तपुरले ३०३ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले घुस दिन्या र लिन्या दुवै अपराधी हुन् भन्ने बाटोमा जानुपर्नेमा जोड दि।

Galaxy

राष्ट्रिय एकताका अभियन्ता नीलनारायण कोजू, अर्का अभियन्ता रामकुमार कार्की, आयोजक अध्यक्ष डिल्लीराम ढुंगेल, आयोजक संस्थाका केन्द्रीय प्रवक्ता मणिराम लामिछाने, राजन कार्की, मुना प्रधानलगायतले पृथ्वीनारायण शाहले भने झै अनेकतामा एकता भएर बस्नुपर्नेमा जोड दिए। उनीहरूले संघीयताले नेपाललाई पृथ्वीनारायण शाहको पालामा जस्तौ बाइसे चौबिसे राज्यमा विभाजित गरेको र यसले राज्यलाई कमजोर पारेको विश्लेषण सकेत गरे।

कार्यक्रममा उनीहरूले संघीयता खारेजीको पनि माग गरेका छन्। कार्यक्रम पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरी सुरु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार