कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामग्री बरामद

कैलाली : कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट अन्दाजी १ लाख ९१ हजार ९५० रुपैया बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सारबाट अवैध रुपमा भन्सार छलि गरेर ल्याइएका अन्दाजी ४० हजार ८०० बराबरका सामग्रीहरु बरामद गरिएको छ ।

Seti Hospital

भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याईएका ढोकाको होल्डिङ, झ्यालको होल्डिङ, हुक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त सामानहरु आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ ।

यस्तै प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अन्दाजी डेढ लाख बढीका सामानहरु बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका– ११ भुजेला र पुर्नवास नगरपालिका– २ मोतिबस्तीबाट १ लाख ५१ हजार १५० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त रकम बराबरको विभिन्न किसिमका कपडा, प्लाष्टिक झिल्ली, युरिया मल, हार्डवेयर र किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार