काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बाँझो जग्गा हरियाली बनाउने काममा सहयोग गर्न मन्त्रालय सदैव तत्पर रहेको बताएका छन् ।
मन्त्री अधिकारीले मुलुकको आर्थिक सङ्कुचनका कारण उद्योग व्यवसायले गति लिन नसकेको बताएका छन् ।
धादिङ उद्योग वाणिज्य सङ्घको ११औँ अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले उद्योग व्यवसाय गतिशील बनाउन सबै व्यवसायीले राजनीतिक स्वार्थ त्यागेर एकजुट भई अघि बढ्नुपर्ने बताए ।
नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिबी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुयाउन नसकेको उनको भनाई छ ।
प्रतिक्रिया दनुहोस्