थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सो दिनबाट थारु समुदायको माघ पर्व सुरु हुँदैछ। 

माघ पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुङ्गुर) मार्ने र मिठोमसिनो खाएर पर्व मनाउने चलन रहेको छ। प्रदेश सरकारले जिता पर्व भनेर सो दिन सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख छ।

माघ थारु समुदायको सबैभन्दा ठुलो पर्व हो। माघबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघ पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिन्छ। पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धुमधामकासाथ पर्व मनाउने चलन रहेको छ। 

माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा संघीय सरकारले नै सार्वजनिक बिदा दिदैं आएको छ। थारु बहुल क्षेत्रका स्थानीय तहले माघ २ गते स्थानीय बिदा दिने गरेका छन्। थारु गाउँमा माघ पर्वको चहलपहल सुरु भइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार