इलाका प्रशासन कार्यालय माग्दै गृह मन्त्रालयमै अनशन बस्ने प्रदेश सांसदको चेतावनी

धनगढी । बाजुरा जिल्लाको पूर्वोत्तरमा पर्ने कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न वर्षौंदेखि स्थानीयले गर्दै आएको मागलाई गृह मन्त्रालयले बेवास्ता गर्दै आएको भन्दै सुदूरपश्चिमका प्रदेश सांसद एवं पूर्वमन्त्री नरेशकुमार शाहीले गृह मन्त्रालयमै अनशन बस्ने चेतावानी दिएका छन् । 

प्रदेश सांसद शाहीले बिहीबार इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् । शाहीले गृह मन्त्री लेखकलाई दिएको ज्ञापनमा माघ महिनाभित्र बाजुराको पूर्वोत्तर क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि नबढाइए गृह मन्त्रालयमै अनशन बस्ने उल्लेख गरेका छन् ।

SHIKHAR COOL TECH

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन रहेको बाजुरामा दुई वटा प्रदेश निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन क्षेत्र (१) जिल्लाको पूर्वोत्तर भूभागमा पर्दछ । जसअन्तर्गत बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका रहेका छन् ।

जिल्लाको कूल भूभागको करिब दुई तिहाइ क्षेत्रफल पूर्वोत्तर क्षेत्रमा पर्दछ । २ हजार १ सय ८८ वर्ग किलोमिटर कूल क्षेत्रफल तथा नौ वटा स्थानीय तह रहेको बाजुरामा पूर्वोत्तरका चार स्थानीय तहको क्षेत्रफल १ हजार ३ सय ४५ दशमलव ०५ वर्ग किलोमिटर रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार