बैतडीका साउँदको ४२ बर्षे शिक्षण पेसा, अनिवार्य अवकास सगैँ भब्य विदाई

बैतडी : शिवनाथ गाउँपालिका–०१ दुवलाका माहमल सिंह साउँदको ४२ बर्षे शिक्षण पेसासगै विदाई गरिएको छ। नागार्जुन माध्यमिक विद्यालय शिवनाथ गाउँपालिका–०२ शर्मालीमा विगत ३० बर्षदेखि प्रधानाध्यापक र १२ वर्ष शिक्षकको रुपमा सेवा गरेका साउँदको अनिवार्य अवकास पछि विदाई गरिएको छ।

बुधवार विद्यालयले एक कार्यक्रमको आयोजना गरि साउँदको विदाई गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सिंह साउदको सभाध्यक्षता तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आथित्यमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुले बाक्लो उपस्थितिमा विदाई गरिएको विद्यालयले जनाएको छ।

Seti Hospital

माध्यमिक तह प्रथम श्रेणीका शिक्षक साउँदले कक्षा १ देखि ४ सम्म श्रीपुर माध्यमिक विद्यालय पुडिल बछलामा, कक्षा ५ देखी ७ सम्म नागार्जुन माध्यमिक विद्यालय शर्मालीमै र कक्षा ८ देखी १० सम्म मणिलेक माध्यमिक विद्यालय मेलौलीमा अध्यन गरेका थिए। यसैगरी कक्षा ११ देखी १२ सम्म शिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, स्नातक (विएड) र स्नातकोत्तर (एमए) कुमाउँ विश्वविद्यालय अन्तरगत राजकिय स्नातकोत्तर कलेज पिचौरागढ भारतबाट अध्ययन गरेका थिए।

साउँदले पहिलो चोटी २०३९ सालमा नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा प्राथमिक तहको अस्थायी शिक्षकको रुपमा शिक्षण सेवा सुरु गरेका थिए। त्यतिबेला विद्यालयमा गणित विज्ञान शिक्षकको अभाव भएकाले विद्यालयले नै कक्षा ११ र १२ मा अध्ययनका लागि २०४० साल कार्तिक २२ गते पठाएको थियो ।

साउँदले अध्ययन पुरा गरीसके पछि पुन: २०४३ असोज ०१ गतेबाट निम्न माध्यमिक तह विज्ञान शिक्षकको अस्थायी दरबन्दीमा नियुक्ति पाउनु भएको थियो। २०४४ साल चैत्र २३ गते स्थायी शिक्षक भएका साउँद २०४५ चैत्र ४ गते उक्त पद लियन रहने गरी माध्यमिक तहको इतिहास विषयको दरबन्दिमा अस्थायी बढुवा हुनुभएको थियो।

साउँद २०४८ साल भदौ ११ गते माध्यमिक तहमा स्थायी शिक्षक भई २०५१ असोज ११ देखि हालसम्म प्रधानाध्यापक पदको जिम्मेवारीमा रहेका थिए। प्रधनाध्यापक पद र विद्यालयको चौतर्फी प्रगतीमा महत्वपूर्ण भुमिका खेलेका साउँद ४२ वर्ष ८ महिना २० दिन शिक्षण सेवा गरी अनिवार्य अवकासमा परेका थिए।

शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र विद्यालयले फुलमाला अबिरसगै साउँदलाई विदाई गरि घरमै पुर्याएका थिए। विद्यालयको प्राङ्गाणदेखी साउँदको घरसम्मै गाडीमा सजावटका साथ विदाई गरिएको लेखापाल ईश्वर कलौनीने बताउनुभयो।साउँदको बिदाईमा सबै भावुक बनेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार