पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । आदेशमा रविसँग ६५ लाख धरौटी मागिएको छ । धरौटी रकम बुझाएलगत्तै लामिछाने रिहा हुनेछन् ।
अहिले कास्की जिल्ला अदालतबाहिर रविका समर्थकहरुले नाराबाजी लगाएका छन् । यसरी नारा लगाउनेमा रास्वपाका सांसद मनिष झासमेत देखिएका छन् । उनले जय घण्टीको नारा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्