कैलालीको गोदावरी नगरपालिकामा गणित शिक्षकहरुका लागि ३ दिने

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा गणित शिक्षकहरुका लागि ३ दिने तालिम सञ्चालन भएको छ । नगरपालिकासँगको सहकार्यमा रोटरी क्लबले तालिमको आयोजना गरेको हो ।
तालिमलाई बुढानिलकण्ठ स्कुल काठमाण्डौमा अध्ययनरत केही विद्यार्थीहरुले सञ्चालन गरेको साम्य परियोजनाले पनि सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा आधारभुत तह (१–३) सम्म गणित पढाउने शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष डा. सुशिल कुमार भण्डारीले जानकारी दिए ।

उनले गणित विषयलाई सबैभन्दा गाह्रो विषयका रुपमा लिने गरिएकाले विद्यार्थीहरुलाई कसरी सहज रुपमा गणित सिकाउन सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । ‘हामी सबैले गणितलाई सबैभन्दा गाह्रो विषयका रुपमा लिने गरेका छौ, त्यसैले धेरै जसो बालबालिकाहरु गणित विषयमा कमजोर पनि हुन्छन’ उनले भने ‘यो तालिमले गणितलाई कसरी सहज रुपमा सिकाउन सकिन्छ भन्ने विषयमा एकदमै सजिला तरिकाहरुका बारेमा जानकारी दिने छ ।’

Seti Hospital

उनले तालिमको समापन पश्चात तालिममा सहभागि विद्यालयहरुलाई गणित सिकाउन सहज पु-याउने सामग्रीहरु पनि प्रदान गरिने बताए । उनका अनुसार कार्यक्रममा सहभागि २४ विद्यालयका शिक्षकहरुलाई प्रतिविद्यालय २० हजारका बराबरका सामग्रीहरु प्रदान गरिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार