अस्पताल लैजांदै गर्दा बीच बाटोमै सुत्केरी र शिशुको मृत्यु भएपछि परिवारलाई राहतको माग

धनगढी : बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिल टोलमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि उक्त परिवारलाई राहत र स्वास्थ्य सुविधाको माग गरिएको छ ।

सोमबार २१ वर्षीया खिना बोहराको बिच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको थियो । उक्त घटनापछि नेकपा ९एमाले० केदारस्युँ गाउँपालिका कमिटीले केदारस्युँ गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै राहत र स्वास्थ्य सुविधाको माग गरेको हो ।

khadya

ज्ञापन पत्रमा बर्थिङ सेन्टर स्थापनादेखि गाउँ गाउँमा स्ट्रेचरको माग गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अभावले यस्तो घटना दोहोरिन नदिन ठोस कदम चाल्न पालिका कमिटीले गाउँपालिकालाई आग्रह गरेको छ ।

गाउँ कमिटी अध्यक्ष लोकेश भण्डारी, सचिव ललित रावल, जिल्ला कमिटी सदस्य झलक भण्डारी र प्रेम बहादुर मल्लले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा बुझ्दै गाउँपालिका अध्यक्ष गणेश बोहराले माग सम्बोधन गर्न पहल गर्ने बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार