नागरिक एपमा समावेश हुँदै राष्ट्रिय परिचयपत्र

काठमाडौं : सरकारले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ । नागरिक एपमा हाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स), स्थायी लेखा नम्बर (प्यान)लगायत विभिन्न विवरणहरू उपलब्ध छ ।

एपमा अब राष्ट्रिय परिचयपत्र पनि उपलब्ध हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिक एपसँग आबद्ध गर्न आवश्यक प्राविधिक काम भइसकेको जनाएको छ । विभागका सूचना अधिकारी शिवराज सेढाईंले नागरिक एपमा समावेश गर्न आवश्यक सिस्टम बनिसकेको बताए ।

khadya

नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले आउँदो साता राष्ट्रिय परिचयपत्र समावेश हुने बताएका छन् । यससँगै नागरिक एपको आवश्यकता वा परिचयपत्रको आवश्यकता परेको ठाउँमा मोबाइल एपबाटै पनि देखाउन सकिनेछ ।

नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएसँगै यसलाई विभिन्न सरकारी सेवामा प्रयोग गर्नसकिने व्यवस्था गरिने भएको छ। कुन–कुन सेवामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको ती अधिकारीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार