काठमाडौं :कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । सो क्रममा लामि छानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् ।
उनले आफू र आफू नेतृत्वको रास्वपाले यसअघि पनि सहकारी पीडितको पक्षमा काम गरिरहेको जिकिर गर्दै यसपछि पनि उनीहरुको पक्षमा उभिने बताए ।
साथै, उनले प्रत्येक पटकको तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने बताए । ‘सहकारी पीडितका पक्षमा रास्वपाले नै धेरै काम गरिरहेको छ । थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,’– उनले इजलाससमक्ष निवेदन गरे ।
कास्की जिल्ला अदालतले छाडेपनि लामिछाने पुन पक्राउ पर्नेछन् । उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौंमा सहकारी ठगी र संगठित अपराध मुद्दा छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया दिनुहोस्