डडेल्धुरा : डडेल्धुराको धार्मिक स्थल परशुराम तीर्थमा आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । परशुराम नगरपालिका-५ परिगाउँमा अवस्थित भगवान् परशुरामको जन्मस्थल परशुराम तीर्थमा मकर सङ्क्रान्तिका दिन आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यही पौष २९ गते र माघ १ गतेका दिन मकर महास्नानको अवसरमा मकर मेलालाई उत्सवका रूपमा मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन)ले बताए ।
प्रतिक्रिया दिनुहोस्