डडेल्धुरामा कमिसन खानका लागि देउवाले विमानस्थल बनाउन खोजेको आरोप

डडेल्धुरा : कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लागेको छ । विमानस्थल नरहेको सुदूरपश्चिमको एक मात्रै जिल्ला डडेल्धुरामा विमानस्थल बनाउने भन्दै देउवाले कार्तिक अन्तिम साता स्थलगत अवलोकन गरेका थिए ।

डडेल्धुराको अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा विमानस्थल बनाउनको लागि सर्भे समेत भइसकेको छ । विमानस्थल बनाउन प्रक्रिया अघि बढिरहँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कमिसन खानको लागि देउवाले डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

khadya

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए ।

उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए । उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे ।

डडेल्धुरामा २०७२ सालदेखि विमानस्थल बनाउने चर्चा हुँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार