थुनछेक बहस सकियो, रवि छुटेपनि तत्काल पक्राउ पर्ने


काठमाडों : कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सुनुवाइ भइरहेको सो मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएसँगै थुनछेकको प्रक्रिया पूरा भएको हो ।

आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेसहित कृष्णबहादुर गुरुङ, लिला पछाईं, छविलाल जोशी, रामबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङ पनि थुनामै छन् । उनीहरु सबैको थुनछेक बहस सकिएपछि न्यायाधीशले प्रतिवादीलाई आफन कुरा राख्न समय दिएका छन् ।

गत पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । अदालत स्रोतका अनुसार उनीहरुको आदेश आजै आउनसक्ने सम्भावना छ । थुनछेक बहसस सकिएसँगै अब आदेश धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने छ ।

प्रतिवादीहरु लामिछाने, जोशी र फरार रहेका जिबी राईविरुद्ध भने संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा पनि मुद्दा चलाइएको छ । कास्की जिल्ला अदालतले धरौटीमा छाडेको खण्डमा पनि लामिछाने र जोशी छुट्ने छैनन् । उनीहरुको नाममा रुपन्देही, चितवन र काठमाडौंमा पनि सहकारी ठगीको मुद्दा चलिरहेको छ ।

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा रवि, छवि र रामबहादुर गुरुङको नाम उल्लेख गरी जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।

रवि, छवि र रामबहादुरविरुद्ध कास्कीबाहेक अन्य जिल्लामा विचाराधीन रहेका मुद्दाहरुः

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार