लामो समयदेखि इलाका प्रशासन कार्यालय स्थापनाको पर्खाइमा दुर्गम बस्तीका बासिन्दा

बाजुरा : बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने दुर्गम बस्तीका बासिन्दा लामो समयदेखि इलाका प्रशासन कार्यालय स्थापनाको पर्खाइमा छन् । यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दालगायतका पालिकावासीका लागि बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुँदा निकै सहज हुने देखिन्छ ।

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि यहाँका स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय बाजुरामा माग गर्दै आएका छन् तर माग अझै पूरा भएको छैन । यहाँका स्थानीयलाई नागरिकता, पासपोर्ट, राहदानीलगायतका विभिन्न सरकारी कामकाजका लागि एक दुई दिनको पैदल बाटो हिँडेर सदरमुकाम मार्तडी आउजाउ गर्ने बाध्यता छ । 

Seti Hospital

पहिला दुई तीन दिनको पैदल हिँडेर मार्तडी आउने गरेका यहाँका स्थानीयलाई गाडीको सुविधा पाएपछि पनि दुई चार घण्टा घरदेखि मार्तडी आउजाउ गर्न लाग्ने गरेको छ । विभिन्न बैङ्कमा आर्थिक कारोबार गर्नका लागि सदरमुकाम मार्तडी जानु पथ्र्यो । अहिले ती सबै सुविधा पालिकामै हुन्छ ।

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि यहाँका स्थानीयलाई नागरिकता बनाउनसमेत सहज हुने हिमाली गाउँपालिकाकी स्थानीय हिरा सार्की बताए। उनले भने, “कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएको भए यहाँका स्थानीयलाई बिहान घरदेखि मार्तडी र बेलुकी मार्तडीदेखि घरमा पुग्न निकै सहज हुन्थ्यो । यसले गर्दा यहाँका स्थानीयको आर्थिक भार पनि कम हुन्थ्यो ।”

अहिले नयाँ नागरिकता तथा प्रतिलिपि निकाल्नु परेमा यहाँका स्थानीयलाई अनिवार्य सदरमुकाम मार्तडीमा नै जानुपर्ने बाध्यता भएपछि आर्थिक भार निकै बढ्दै गएको छ । पैसा हुने मार्तडी गएर नागरिकता बनाउँछन् । पैसा नहुने नागरिकता पाउनबाट पनि वञ्चित हुने गरेको रोकायाले बताए जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको दुरी झन्डै ४२ किलोमिटर छ ।

त्यहाँसम्म जान यहाँको हिमाली, जगनाथ, स्वामीकार्तिकलगायतका स्थानीयलाई अझै पनि एक दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । यही बाध्यताका कारण यहाँका स्थानीयले कोल्टीमा इलाका प्रशासन स्थापना हुनुपर्ने माग राख्दै आएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार