डडेल्धुरा : रोजगारीको शिलशिलामा भारतमा रहेको डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ सिलिङ्गधारा घर भइ हाल हरियाणाको गुडगाउँ बस्दै आएका ४८ वर्षीय सदानन्द पाठक बेपत्ता भएका हुन् ।
गत शनिबार आफू बस्ने कोठाबाट निस्किएका उनको हालसम्म कुनै खबर नआएको पत्नी सरस्वती पाठकले बताइन् । उनका अनुसार सदानन्दको मोबाइल पनि बन्द आइरहेको छ ।
गत साउन ८ गते रोजगारीका लागि भारत गएका उनले आफ्ना एक छोरालाई पनि उतै लगेका थिए । अहिले उनका १३ वर्षीय छोरा कोठामा एक्लै छन् । परिवारले प्रहरीमा खबर गरिसकेको छ भने खोजीका लागि सहयोग गरिदिन भारतमा रहेको सबै नेपालीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्