आगलागीबाट सोलुखुम्बुका एक जना युवकको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-२, थुम्लिङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।

४० वर्षीय नवराज खालिङ राईको ज्यान गएको हो। बलबहादुर नेवारको घाँस राख्ने गोठमा चुरोटको कारण आगलागी भएको अनुमान गरिएको छ।

खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ। खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार