कैलालीको खुटिया खोलामा १५ फिट गहिरा खाल्डा, एमालेले गर्‍यो अनुगमन

कैलाली : कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको खुटिया खोलामा नेकपा एमाले गोदावरी नगर कमिटीले अनुगमन गरेको छ । बुधवार एमाले नगर कमिटीले खुटिया खोलामा मापदण्डको आधारमा उत्खनन भइरहेको छ या छैन भन्ने विषयमा अनुगमन गरेको हो ।

नगरपालिकाका योजना तथा कार्यक्रमहरूको अनुगमन गर्ने कार्य उपमेयरको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपमेयरलाई योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेस गर्ने भनेको छ ।

khadya

सोही अनुसार उपप्रमुखले कामकारबाही गर्नुपर्ने हुन्छ । उपप्रमुखले अन्य योजनाहरूको अनुगमन गर्ने गरेको भए पनि खुटिया खोलामा भने उपमेयरकै पार्टी एमाले नगर कमिटीले अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर कमिटीका अध्यक्ष सन्तोष सिंहले नगरपालिकासँग गरिएको सम्झौता अनुसार उत्खनन नभएको बताए ।

अनुगमनका क्रममा बोल्दै उनले नगरपालिकाले उत्खनन गर्दा ध्यान दिनुपर्ने विषयहरू सम्झौतामा उल्लेख गरेको भए पनि सो अनुसारको काम ठेकेदार कम्पनीले नगरेको बताए । ‘नगरपालिकाले सम्झौतामा उत्खनन गर्दा ध्यान दिनुपर्ने विषयहरू पनि उल्लेख गरेको छ, त्यसको पहिलो बुँदामै खोलाको आकृति तथा बहाव बिग्रिने गरी नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्न पाइने छैन भनेको छ’ उनले भने ‘तर यहाँ ठुलठुला पोखरीहरू बनेका छन्, पहिलो नम्बरकै नियमको पालना भएको देखिँदैन ।’

उनले आइईई प्रतिवेदनले तोकेको अनुमति प्राप्त स्थलमा एक मिटर भन्दा गहिरो खन्न नपाइने भनिएको भए पनि दुई मिटर भन्दा गहिरो खनिएको बताए । उनले नगरपालिकाले अनुमति पत्रमा उल्लेख गरेका कुनै पनि नियमहरू ठेकेदार कम्पनीले पालना गरेको नदेखिएको बताए ।

अध्यक्ष सिंहले नदीजन्य पदार्थहरू अनुमति लिएको आधारमा उठाउनुपर्नेमा दोहन गरेको पाइएको बताए । उनले आफूहरूले सोचेको भन्दा भयावह अवस्थामा दोहन गरी नदीजन्य पदार्थ सङ्कलन गरेको भेटिएकाले यसको नियमन गर्न आवश्यक रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार