कैलालीमा नेपाली ढाका टोपि सहित भारतिय पत्रकारलाई स्वागत

धनगढी : भारतिय पत्रकार श्रीनाथ शुक्ला र अभयप्रताप सिंह लगायतलाई कैलालीमा नेपाली ढाका टोपि सहित स्वागत गरिएको छ । भारतीय पत्रिका अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्ला र दैनिक जागरणका उपप्रबन्धक अभयप्रताप सिंहलाई नेपाल पत्रकार महासघं कैलालीले ढाका टोपि सहित स्वागत गरेको हो ।

नेपाल पत्रकार महासघं कैलालीकै कार्यालयमा एक कार्यक्रम आयोजना गरी पत्रकार सहित उहाँहरुका परिवारलाई स्वागत तथा सम्मान गरेको हो । पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले भारतिय पत्रकारद्वयलाई नेपाली ढाका टोपि लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

khadya

स्वागत गर्र्दै देउवाले सुदुरपश्चिम देवभुमी रहेकाले यहाँ थुप्रै घुम्न लायक ठाउँ रहेको बताएका थिए । नेपालमा पर्यटक आवागमनका लागी सहज वातावरण रहेको बताउँदै अध्यक्ष देउवाले सुदुरपश्चिममा भारतिय पर्यटकलाई भित्र्याउन भारतिय सञ्चार माध्यमले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्लाले नेपाली पत्रकारहरु सगं सहकार्य गर्दै यहाँको पर्यटन बिकासमा भुमिका खेल्ने बताए । पत्रकार महासघं कैलाली र लखिमपुर पत्रकार बिच समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघं कैलालीकी उपाध्यक्ष भावना जोशीले स्वागत मन्तब्य राखेकि थिइन् भने, कार्यक्रमको सञ्चालन सह-सचिव शकंर बोहराले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार