गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं : गृहमन्त्री रमेश लेखकसहित ५ जना संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलना मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय नित्यानन्द पाण्डे र अब्दुर लजीम मुसलमानको इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीश पाण्डेय गृहमन्त्री लेखकका आफन्त रहेको हुँदा उनले मुद्दा हेर्न नमानेपछि हेर्न नमिल्नेमा परेको हो ।

khadya

अधिवक्ता यज्ञ प्रसाद अधिकारीले गृहमन्त्री रमेश लेखकसहित सांसदहरु श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेश कुमार वर्तौलाविरुद्ध ०८० पुस २ गते अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए । यसअघि गत भदौंमा सो मुद्दा पेशीमा परेपनि हेर्न नभ्याईनेमा परेको थियो ।

पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता अधिकारी अदालत पुगेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार