कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली कञ्चनपुरबाट प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद गरेको छ । मंगलबार धनगढी, टीकापुर र भीमदत्त नगरपालिकाबाट २ लाख बढीको भन्सार छलीको बेवारिसे सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा र टीकापुर नगरपालिका – ९ कालीमाटी स्थित सडक खण्डबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, खाने तेल, साडी, घुम्टी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

यस्तै भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ९६ हजार २६० बराबरको विभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरू बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार