कैलाली र कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलाली र कञ्चनपुरबाट प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ । कैलालीबाट लागू औषध  खैरो हेरोइन मुद्दा र कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन ।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध  खैरो हेरोइन मुद्दामा १ महिना ९ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – ३ का २४ वर्षीय सुनिल राना मंगलबार पक्राउ परेका छन् । उनलाई घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

यस्तै जिल्ला अदालत कञ्चनपुरको सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकेका भीमदत्त नगरपालिका – ६ ऐठपुरका  ५३ वर्षीय कृष्ण देव पन्त पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार