तिब्बत भूकम्प अपडेट : हालसम्म १२४ जनाको मृत्यु, ३ हजार बढी घर भत्किए !

काठमाडौं : मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ ।

भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।

khadya

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिव ६ हजार ९ सय मानिस रहेका छन् । प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको देखाएको सिगाजेको सरकारले बताएको छ । ४०७ फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजार भन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ ।

चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् । जसमा सुती पाल, शीतकालीन कोट, रजाई र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् । यस क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार