धनगढीको सुकटी नालामा पौने चार करोडमा मोटरेबल पुल बन्दै !

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित सेतोपुल नाला (सुकटी नाला) मा तीन करोड ७९ लाख ९९ हजार रुपियाँ लगानीमा मोटरेबल पुल बन्दै छ ।

वडा नम्बर १ र ८ जोड्ने स्थानमा धनगढी उपमहानगरपालिकाले पुल निर्माण गरिरहेको हो । एक स्पानमा बनिरहेको पुल ठेकेदारले आगामी वैशाखसम्म पूरा गरेर हस्तान्तरण गर्ने हिसाबले काम गरिरहेको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले बताए । पुलको ७० प्रतिशत काम पूरा भइसकेको बताउँदै उनले भने , “बाँकी रहेको काम चाँडै पूरा हुन्छ ।”

khadya

सो पुल निर्माणको काम धनगढीकै शाजेन्द्रेश्वर निर्माण सेवा प्रालिले गरिरहेको छ । पुल निर्माणका लागि २०८० कात्तिक १५ मा ठेक्का सम्झौता भएको थियो । आगामी कात्तिक १४ गतेसम्म पुल निर्माणको समयावधि छ ।

निर्माण कम्पनीले चाँडै नै पुलमा हिँडाउने आश्वासन दिएको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बताए । उनले पुल निर्माणले वडा नम्बर ८ र १ का स्थानीयलाई ओहोरदोहोर गर्न सहज हुने उल्लेख गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार