धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
मंगलवार धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुदूरपश्चिम प्रदेश ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय प्रेम थापा र पछाडि सवार २८ वर्षीय दिपक थापा घाइते भएका हुन ।
घाइते दुवै जनाको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्