२७ गते हिमशिखर सहकारीको साधारण सभा बस्दै

कैलाली । हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा २७ गते बस्ने भएको छ । सहकारीको १६औँ वार्षिक साधारण सभा पुष २७ गते (शनिबार) बस्ने भएको हो ।

साधारण सभा बिहान ११ बजेदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरस्थित सहकारीको प्रांगढमा सुरु हुने सहकारीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०८० ८१ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्ने, चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्ने, चालु आर्थिक वर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्ने, प्रस्तावित सेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोषको रकम वितरणको अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षा नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिले विभिन्न मितिमा गरेका महत्वपूर्ण निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछन् ।

त्यस्तै संस्थाको विनिमय र कार्यविधि पुर्नलेखन तथा संशोधन प्रस्ताव पेश गर्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने लगायतका एजेण्डा प्रस्तुत गरिने सहकारीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार