कैलाली । धनगढीमा अवस्थित निसर्ग हस्पिटलले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल मात्रै नभएर भारतका सीमावर्ती क्षेत्र जस्तै उत्तराखण्डको बनबसा, खटीमा, पलिया, बनगाउँ, गौरीफन्टाका नागरिकहरू पनि आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि निसर्ग हस्पिटलमा भरोसा राख्दै आएका छन् ।
समयसँगै सेवा विस्तार र प्रविधिमा नवीनता ल्याउँदै निसर्ग हस्पिटलले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हस्पिटलमा दक्ष चिकित्सकहरूको टोली, परिष्कृत मेडिकल उपकरण, र अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य सुविधाहरू उपलब्ध छन् । सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल सर्जरीसम्मका सेवामा निसर्गले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेको छ ।
छिमेकी भारतबाट पनि उपचारका लागि बिरामी आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको सीमितताका कारण भारतीय नागरिकहरूले निसर्गलाई भरोसायोग्य गन्तव्य बनाएका छन् । निसर्ग हस्पिटलले आफ्नो सेवा र व्यवस्थापनले नेपाल–भारतबीचको स्वास्थ्य सम्बन्धलाई थप सुदृढ बनाएको छ ।
निसर्ग हस्पिटलले बिरामीहरूको विश्वास र भरोसालाई उच्च सम्मान गर्दै आगामी दिनमा थप सेवाहरू विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यहाँ आउने प्रत्येक बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नु हस्पिटल परिवारको पहिलो प्राथमिकता रहेको हस्पिटलले जनाएको छ ।
निसर्ग हस्पिटलले आफ्नो चिकित्सा सेवाबाट समाजमा सकारात्मक प्रभाव पार्दै, सीमापारि समेत स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना प्रस्तुत गरिरहेको छ । यहाँका सेवाहरूले निसर्गलाई सुदूरपश्चिमको स्वास्थ्य सेवा क्षेत्रको केन्द्रबिन्दुका रूपमा स्थापित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्