बार अध्यक्षको अभिव्यक्ति पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ : नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रमाण पेश गर्न आदेश भएको छ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा घिमिरेविद्धरु दायर अवहेलना मुद्दामा न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज समलमानको संयुक्त इजलासले उनले बोलेका श्रव्य दृश्यको छायाँङ्कन र अभिलेख झिकाउन आदेश दिएको हो।

Seti Hospital

आफ्नो विरोधका बाबजुद न्याय परिषदले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस गरेपछि अध्यक्ष घिमिरले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए।

न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्ति जनक भएको र त्यसमा परिषद अध्यक्ष समेत रहेका श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए।

मंगलबार संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘प्रत्यर्थीको अभिव्यक्ति मिति २०८१।०६।११ मा काठमाडौं जिल्ला अदालत बार इकाईले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य दृश्यको छायाँङ्कनरअभिलेख आयोजक बार इकाईबाट झिकाई प्रत्यर्थीलाई देखाई सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार