काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय सदस्यले सो प्रस्तावमाथि धारणा राखेपछि निर्णायार्थ पेस गरिएको थियो । जसमा बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्