पुस २४ गतेदेखि सुरु हुने १५ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा भोलि पुस २४ गतेदेखि सुरु हुने १५ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता धनगढी रङ्गशालामा हुने आयोजना हुने उपमहानगरपालिकाले जनाएको छ । 

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितालाई भव्य र सभ्य बनाउन नगरका सबै सरोकारवाला युद्ध स्तरमा जुटिरहेको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताइन् । उनले सङ्घीय सरकारको नियमित खेलकुद कार्यक्रमसँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रमहरू अघि बढाइरहेको बताइन । 

khadya

नगर उपप्रमुख रानाका अनुसार, प्रतियोगितामा नगरभरिका २६ सामुदायिक र १५ संस्थागत गरी ४१ वटा विद्यालयहरूको सहभागिता रहने छ । प्रतियोगितामा सामुदायिक विद्यालयका ८ सय ४० र संस्थागत विद्यालयका ३ सय १३ गरी १ हजार १ सय ५३ विद्यार्थी सहभागी हुनेछन् । 

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदान तर्फ बजेट नरहे पनि उपमहानगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ८ लाख विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । उनले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने र युवाहरूलाई कुलतबाट जोगाउने उद्देश्य बोकेको उल्लेख गरिन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार