पैसा डबल बनाइदिन्छु भन्दै सर्वसाधारणको लाखौं रकम ठगी गर्ने एक युवक पक्राउ

सप्तरी : पैसा डबल बनाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर लाखौं रकम ठगी गर्ने एक गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई प्रहरीले ठगी तथा अपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो। 

Seti Hospital

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत जानकारी दिए।  प्रहरीका अनुसार रजकमाथि हालसम्म ४ जनाले उजुरी दिएको र ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ। 

रजकका गिरोहले अरु व्यक्तिसँग पनि रकम डबल गरिदिने नाममा ठगी गरेको सूचना आएको नायब प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार