धनगढीका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामानहरु बरामद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलीका सामानहरु बरामद गरेको छ ।

सोमबार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा प्रहरीले अन्दाजी १ लाख ४० हजार ५५० रुपैया बरामद अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

SHIKHAR COOL TECH

प्रहरीका अनुसार उपमहानगरपालिकाको वडा नं. २ ट्राफिक चौराह, शिसा पोष्ट, नल्काघाट, वडा नं. ७ सरस्वती स्कुल नजिक, घुईयाघाट, वडा नं. १२ विरेघाट र वडा नं. १४ एच गाउँबाट अवैध भन्सार छलीका सामानहरु बरामद गरिएको हो ।

उक्त रकम बराबरका प्याज, चिनि, गुड, नरिवल, मसाला, पास्ता, केक पाउडर, बिडी, सुर्ती, साबुन, सरप, मोटरसाइकलका पार्टस, वेल्डिङका सामानहरु, वेल्डिङ मेसिन, साइकलका सामान लगायतका सामग्रीहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार