काठमाडौं । काठमाडौंमा मंगलबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि पुस १८ गते दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।
भूकम्पको धक्का काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्