माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग

काठमाडौँ : माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग भएको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले  नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्याङ्कन नभएको भन्दै गुनासो गरेका छन् । ‘कामको सही मूल्याङ्कन गर्न, दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ ।

khadya

आइतबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मूलभूत पक्षको सबैबाट समर्थन गर्दै यसलाई कार्यान्वयनमा कडाइ गर्न जोड दिएका छन् । नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् ।

केही सदस्यले पार्टीको महाधिवेशन तालिका ल्याउन आग्रहसमेत गरेका छन् । दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् ।

स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीको पक्षमा माहोल बनेकोमा बेला सङ्गठन पार्टीभित्र कुनै विवाद र बहसमा अल्झिन आवश्यक नभएको बैठकमा बोल्ने केही नेताको भनाइ छ भने केहीले महाधिवशेनबाट पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार