सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने

धनगढी :सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो 

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने कार्य आरम्भ भएको घोषणा गरेको हो ।

khadya

मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले आइतबार सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै सेवाको सुरुवात गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यको व्यवस्थापनका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग सम्झौता गरेको छ ।

मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीका अनुसार रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएबापत प्रतिपिन्ट १ हजार १ सय ५० रुपैयाँ रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने सम्झौता गरिएको छ ।

प्रदेश रक्तसञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार केन्द्रले गत आर्थिक वर्षमा १२ हजार पिन्ट रगत संकलन तथा वितरण गरेको बताए । चालु आर्थिक वर्षमा १५ हजार पिन्ट रगत संकलन तथा वितरणको लक्ष्य रहेको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार