बैतडीका एक युवकको बालुवाखानीमा च्यापिएर मृत्यु

बैतडी : बैतडीका एक युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु भएको छ।

भारतको पिथौरागढमा काम गर्दै आएका सिगास गाउँपालिका–४ तल्लाऐनीका अन्दाजी २५ वर्षीय टेकसिंह साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए। 

वडाध्यक्ष बोहराका अनुसार घटनाका विषयमा विस्तृत जानकारी भने आएको छैन। मृतक साउँद दुई महिना पहिलामात्रै पिथौरागढ गएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार