डडेलधुराको परशुराम धाममा मकर मेलाको तयारी तीव्र

डडेल्धुरा : यही पुस २९ गते सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल डडेल्धुराको परशुराम–५ परिगाउँमा अवस्थित परशुरामधाममा मकर मेला लाग्दैछ । हरेक वर्ष परशुराम तिर्थमा पुस मसान्तको राति रतेडी र माघ १ गते बिहान गङ्गा स्नानसहित मकरमेला लाग्ने गरेको छ । 

यो वर्षका मकरमेलाका लागि परशुराम नगरपालिकाले आफ्नो तयारीलाई तिव्र पारेको छ । उक्त दिन वडा नम्बर ६ ले निःशुल्क दाउरा वितरण गर्ने तयारी गरेको छ ।  तिर्थालु तथा भक्तजनलाई चिसो नहोस् भनेर यसपालि निःशुल्क दाउरा विरतरण गर्ने  वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिए । 

khadya

परशुराम मेलालाई स्थानीय भाषामा (फरसनाम) मेला भनिन्छ । परशुराम मेलामा डडेल्धुराका विभिन्न शिवालयका देउरा समेत स्नानका लागि आउने गरेका छन् भने, डोटी, बैतडी तथा भारतबाटसमेत भक्तजनहरु स्नानका लागि आउने गरेका छन् । परशुराम नगरपालिकाले परशुराम तिर्थको प्रचार–प्रसार, संरक्षण र सम्बद्र्धनका लागि भौतिक संरचना निर्माण गरिरहेको छ । तिर्थको प्रचार थप प्रगाढ पार्ने गरि नगरपालिकाले २०७५ सालमा तत्कालीन नगरप्रमुख भीमबहादुर साउद नेतृत्वको पहलमा साप्ताह ज्ञान धार्मिक महोत्सव सञ्चालन गरेको थियो । 

यसै वर्ष नगरप्रमुख भरत बडायर जोशी नेतृत्वको नगर कार्यपालिका टिमले साहित्य महोत्सव र पुस १५ र १६ गते सुदूरपश्चिम मेयर फोरम २०८१ सम्मेलन गरि तिर्थको थप प्रचारप्रसार  गरेको थियो । । नगर प्रवक्ता समेत रहेका सिंहका अनुसार  अहिले नगरपालिकाले परशुराम तिर्थलाई आफ्नो मातहतमा ल्याएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार